खोटाङ,१६ माघ । नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य चयन हुनुभएको छ । बुधबार साँझ दिक्तेल बजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न संगठनको १२ औँ जिल्ला अधिवेशनबाट आचार्य अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । अधिवेशनले आचार्यको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बिनोद राई, दिक्षिका शाक्य, सचिवमा गणेसप्रसाद…