२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मदिरा

खोटाङमा मदिराजन्य सामाग्री ओसारपसारमा निषेध



खोटाङ। जिल्ला प्रशासन कार्यालय खोटाङले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै मदिराजन्य सामाग्री बिक्री वितरण तथा सार्वजनिक स्थानमा सेवनमा रोक लगाएको छ। प्रशासनले शुक्रबार सूचना जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका जिल्लाभर मदिराजन्य सामाग्रीको ओसारपसार गर्न तथा विक्री वितरणमा रोक लगाएको हो ।

खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म फागुन १५ देखि जिल्लामा मदिराको बिक्री तथा सार्वजनिक स्थानमा सेवनमा निषेध गरिएको बताइन । कानुन विपरीतका गतिविधिहरुको सुरक्षा निकायबाट सुक्ष्म निगरानीसमेत हुनेभएकाले कानुन विपरीतका भए गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार ००:००  ७ : १४ बजे