१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अपराध

नाबालिका छात्रा माथि जबरजस्ती करणीको घटनाप्रति चार विद्यार्थी संगठनको ध्यानाकर्षण



खोटाङ। दिक्तेलस्थित इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–१ नेलेका २४ वर्षिय टेकबहादुर खत्रीले १३ वर्षीया छात्रामाथि गरेको जबरजस्ती करणी घटनाप्रति जिल्लाका चार विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण गराएका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी रेखा कँडेल समक्ष ज्ञापनपत्र बुझाउँदै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले संयुक्तरूपमा ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापन पत्रमा घटनालाई जघन्य अपराधको संज्ञा दिँदै दोषीमाथि शीघ्र कानुनी प्रक्रिया अघि बढाउन माग गरिएको छ । साथै, पीडित छात्रालाई आवश्यक क्षतिपूर्ति, निरन्तर शिक्षाको सुनिश्चितता, स्वास्थ्य उपचार तथा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने उल्लेख गरिएको छ ।
नेविसंघका अध्यक्ष मोतिचन्द्र राई, अनेरास्ववियुका जिल्ला संयोजक शुसिला तिमलसिना, अखिल क्रान्तिकारीका अध्यक्ष डार्विन चाम्लिङ र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष आश्रय राईको हस्ताक्षरीत संयुक्त ज्ञापन पत्रमा नेपालको संविधान र प्रचलित कानुनअनुसार प्रत्येक नागरिकको शारीरिक तथा मानसिक सुरक्षाको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिँदै विद्यार्थी संगठनहरूले घटनाले विद्यार्थी, अभिभावक, शिक्षक तथा समग्र समाजमा गहिरो मानसिक आघात पु¥याएको ठहर गरेको उल्लेख छ ।

मुलुकी अपराध संहिता २०७४ अनुसार जबरजस्ती करणी गम्भीर कसुर भएको उल्लेख गर्दै दोषीलाई कानुन अनुसार कडा भन्दा कडा सजाय हुनुपर्नेमा संगठनहरूले जोड दिएका छन् । शिक्षक खत्रीले फागुन ९ गते होमवर्क सिकाइ दिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जवरजस्ती गरेको प्रहरीले जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । करणीपछि बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारले बताएका छन् । पिडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटनाको बारे जानकारी पाएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार ००:००  ७ : २३ बजे