६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति

अहिलेको सरकार संविधान विपरित छ: एमाले अध्यक्ष राई



खोटाङ । नेकपा (एमाले) जिल्ला कमिटी खोटाङका अध्यक्ष देवबिक्रम राईले अहिलेको सरकार संविधान विपरित बनेको बताउनुभएको छ ।अध्यक्ष राईले संविधानले तोकेको प्रक्रिया उल्लंघन गर्दै संविधानको विपरित सरकार गठन भएको बताउनुभएको हो ।

राईले जेनजीसम्बन्धी विवादकै कारण शुसिला कार्की नेतृत्वको सरकार बन्नु पनि संविधानको भावना विपरीत भएको टिप्पणी गर्नुभएको छ । उहाँले यस्तो अभ्यासले जनविश्वास कमजोर पार्ने र राजनीतिक स्थायित्वमा असर पार्ने बताउनुभएको हो ।

अहिलेको सरकार “संविधानको मर्मअनुसार होइन, स्वार्थ मिलाएर बनेको सरकार असंवैधानिक अभ्यासको उदाहरण हो।” एमालेले संवैधानिक मर्यादा र लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्न निरन्तर संघर्ष गर्ने अध्यक्ष राईले बताउनुभएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, सोमबार ००:००  ९ : ०४ बजे