६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रमदान

झरी बादलले पनि रोकेन श्रम गर्न,नागरिकको दुखमा मलम लगाउँदै पालिका अध्यक्ष राई



खोटाङ । झरी, बादल, वर्षा, सार्वजनिक विदा समेत नभनी यतिबेला साकेला गाउँपालिका खोटाङका अध्यक्ष रवि प्रकाश राई निरन्तर जनश्रमदान अभियानको नेतृत्व गरिरहनुभएको छ । वर्षाले बिगारेको सडकका कारण आफ्ना नागरिकलाई सास्ती नहोस भन्ने हेतुले केही कर्मचारीको साथमा कहिले मुख्य, कहिले शाखा सडक सकार्ने काममा निरन्तर भेटिनुहुन्छ । यति मात्र हैन,पालिकाभित्रका सडकको सौन्दर्य कायम राख्नका लागि थुनिएको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको झ्यासझुस फ्यालेर चिटिक्क बनाउने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने कार्यमा दिनहुँ लागिरहनुभएको छ ।

अध्यक्ष राईको नेतृत्वदायी भूमिकालाई साथ दिँदै साकेलाबासी नागरिकहरु पनि प्रत्यक्ष जनश्रमदानमा जोडिएर सफा र सुन्दर पालिका निर्माण गर्ने अभियानमा लागिरहेको पाईन्छ । पालिकामा उपलब्ध भएको जेसिवि मेसिन र ट्याक्टरको साथमा केही प्राविधिक र कर्मचारीहरुको साथमा दिनहुँ जनश्रमदानमा भेटिने गर्नुभएका गाउँपालिका अध्यक्ष राईले साकेला गाउँपालिकालाई देशकै नमूना गाउँपालिका बनाउने निरन्तर अभियान चलाईरहनुभएको छ ।

भौतिक विकासले मात्र परिवर्तन सम्भव नहुने बताउनुहुँदै उहाँले सँस्कार र सभ्यताको थालनी स्वरुप पूर्ण सरसफाईको अभियानलाई समेत सँगै हाँकिरहनुभएको छ । साप्सुखोला-मानेभन्ज्याङ-पाँचधारे सडक, बाँझेच्यानडाँडा-रतन्छा-मानेभन्ज्याङ सडक, कात्तिके-सोस्तुङ-रतन्छा नैनेपाटी सडक लगायत पालिकाभित्रका बजार, पार्क, कार्यालय र सार्वजनिक स्थलहरुको सरसफाई गर्नुका साथै उक्त स्थानहरुमा विभिन्न प्रजातिका बोटविरुवाहरु रोप्ने कार्य अध्यक्ष राईको नेतृत्वमा भईनै रहेको छ । अध्यक्ष राईको नेतृत्वमा भएका यावत गतिविधिहरु प्रत्यक्ष अवलोकन गर्न हामी जो कोहीले सकिन्छ ।

यसैबीच, हिजो शुक्रबार साकेला गाउँपालिका-३ खिदिमास्थित बोपुङका स्थानीय नागरिकहरुको सक्रियतामा मानेभन्ज्याङदेखि बोपुङहुँदै भाङटार जाने सडक सरसफाई गरिएको छ । करीव ३५ जना स्थानीय नागरिक र कर्मचारीहरुको समूहले सडक सरसफाई गर्नुका साथै वर्षाका कारण भएको खाल्डाखुल्डी पुर्ने, भित्ता सफा गर्ने, नालीको उचित व्यवस्थापन गर्ने कार्य गरिएको छ । लगातारको वर्षाका कारण सडक बिग्रिएर सवारी साधन आवत जावतमानै समस्या देखिएपछि शनिबारदेखिरतन्छा खण्डको सडक सरसफाई र मर्मत गर्न सुरु गरिएको छ । गाउँपालिकाले स्थापना गरेको आकस्मिक पूर्वाधार सेवाको नीति अनुरुप पालिकाबासी नागरिकलाई सेवा उपलब्ध गराउनका लागि निरन्तर प्रयासरत रहेको गाउँपालिका अध्यक्ष राईले बताउनुभएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार ००:००  १२ : ३८ बजे