२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा कर्मचारीहरुको भाषिक शुद्धाशुद्धी तथा प्रशासनीक क्षमता विकास तालिम



खोटाङ, ८ मंसिर । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई कर्मचारीहरुको भाषिक शुद्धाशुद्धी (व्याकरण) तथा प्रशासनीक क्षमता विकास सम्बन्धी पाँच दिने आधारभूत तालिम सम्पन्न गरेको छ । गाउँपालिकाले गत मंसिर तीन गतेबाट शुरु गरेको आधारभूत तालिमको शुक्रबार गाउँपालिका प्रमुख लोकेन्द्र राईले समापन गर्नुभएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङ राईले बताउनुभयो ।

कर्मचारीहरुलाई कर्मचारीहरुको भाषिक शुद्धाशुद्धी, व्याकरण, कार्यालय व्याहारीक लेखन, नेतृत्व विकाश, जिन्सि समानहरुको अभिलेख व्यावस्थापन तथा प्रशासनीक क्षमता विकास सम्बन्धी गाउँपालिकाका कर्मचारी सातै वडाका वडा सचिव कम्युटर अपरेटर, स्वास्थ्य चौकीका इन्चार्ज र सामुदायीक इकाइका इन्चार्ज गरी ६५ जना कर्मचारीलाई आधारभूत तालिम दिइएको गाउँपालिका अधिकृत सातौं जनकप्रसाद ढुङ्गानाले बताउनुभयो ।

कर्मचारीहरुलाई नेपाली भाषाका सहजकर्ता एवम् दशर्न आचार्य परिक्षक भिष्मराज काफ्लेले परिक्षण दिनुभएको थियो भने, प्रशासनिक क्षमता अभिवृद्धितर्फ गाउँपालिकाका अधिकृत सातौं ढुङ्गाना र महिला विकास निरीक्षक ओमसरा राईले प्रशिक्षण दिनुभएको गाउँपालिकाले जनाएको छ ।  

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार ००:००  १२ : ४२ बजे