१४ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा ट्याक्टर दुर्घटना : दुई घाइते



खोटाङ । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको रावाबेँसी गाउँपालिका–५ दुबेकोलको गट्टीडाँडामा मंगलबार दिउँसो प्र.२.०१.००१ त १०९५ नम्बरको ट्याक्टर पल्टिँदा सोही ट्याक्टरका चालक २० वर्षका जीवन पाण्डे र स्थानीय नौ वर्षका अतित परियार घाइते भएका हुन् ।

घाइतेहरुको रावाबेँसी गाउँ अस्पताल हरमटारमा उपचार भइरहेको छ । ट्याक्टर ब्रेक फेल भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार ००:००  १० : ०६ बजे