५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बराहपोखरी गाउँपालिकाको वार्षिक बजेट ३९ करोड १२ लाख ४५ हजार



खोटाङ, १० असार । बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रु ३९ करोड १२ लाख ४५ हजार बराबरको बजेट तथा कार्यक्रम पेस गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न १५ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख भूबलराज राईले उक्त बजेट तथा कार्यक्रम पेस गर्नुभएको हो । ‘कृषि, पर्यटन, प्राकृतिक सम्पदा र पूर्वाधार : सभ्य, समृद्ध बराहपोखरी गाउँपालिकाको मूल आधार’ भन्ने नाराको साथ सम्पन्न गाउँसभामा गाउँपालिका प्रमुख शालिकराम बञ्जराले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रमका बारेमा अर्को बैठकबाट छलफल हुने जनाइएको छ ।

गाउँसभामा प्रस्तुत बजेट तथा कार्यक्रम यसप्रकार रहेको छ …

प्रकाशित मिति : १० असार २०८१, सोमबार ००:००  १० : २३ बजे