२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हौँचुर वडा कार्यालयले वितरण  गर्‍यो, ३ सय ५१ जना विद्यार्थीलाई झोला वितरण



खोटाङ । रावाबेँसी गाउँपालिका-६ हौँचुर वडा कार्यालयले सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला  वितरण गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण तथा शैक्षिक गुणस्तर सुधारमा टेवा पुर्‍याउने उद्देश्यले कक्षा १–५ सम्मका विद्यार्थीलाई झोला वितरण गरिएको वडाध्यक्ष चिरञ्जीवि कार्कीले जानकारी दिनुभयो ।

विद्यार्थीलाई झोला वितरणको लागि वडाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ३ लाख बजेट विनियोजन गरेको थियो । सोही अनुसार  आफ्नो वडा भित्रका पञ्चकन्या, जनएकता, शिंहदेवि, जनता र बछलादेवि आधारभूत विद्यालयसँगै शारदा माध्यमिक विद्यालयका कक्षा १–५ सम्मका ३ सय ५१ जना विद्यार्थीलाई झोला वितरण गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार ००:००  ८ : १६ बजे