३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेलबजारमा अव्यवस्थित टागिएका तार हटाउन अनुगमन



खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा विद्युत,टेलिफोन नेटजस्ता कार्यमा जडान गरिएका तारहरु बजार क्षेत्र तथा सार्वजनिक स्थलहरुमा अनावश्यक झुण्ड्याइएको तारहरु हटाउनका लागि अनुगमन गरिएको छ । बजारक्षेत्र तथा सार्वजनिक स्थलहरुमा तारका लठ्ठाहरु झुण्डिएर कुरुप देखिनुका साथै करेन्ट लागेर दुर्घटनासमेत हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै अनावश्यक तारहटाउनका लागि सोमबार अनुगमन गरिएको हो ।

बिरासत खबरसँग कुराकानी गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले भन्नुभयो, “आज (सोमबार) दिउँसो अनुगमनका क्रममा सेवा प्रदायकसँग एक किसिमको छलफल भएको छ, आवश्यकमात्रै तार राख्ने र अनावश्यक हटाउने र त्यसलाई व्यवस्थित गर्ने ।, बजारक्षेत्रमा प्रयोगमा आएका भन्दा नआएका तारका लठ्ठाहरु धेरै भएकाले पनि बजारको सौन्दर्यतामा असर गरेको छ। हामिले सबै सम्बन्धित सेवाप्रदायक कम्पनीलाई बोलाएर अनुगमन गरेका छौँ । सडकको माथि वा दायाँबायाँ लत्रिएका तारले बजारको सौन्दर्यलाई कुरुप बनाउनाका साथै आगलागी हुनसक्ने सम्भावना पनि उत्तिकै बढेको छ जुनसुकै बेला अप्रीय घटना घट्न सक्छ यी कुरालाई मध्यनजर गर्दै प्रयोगमा नरहेका तार तथा अव्यवस्थितरुपमा टागिएका तारहरु तत्काल हटाउन मैले निर्देशन दिएको छु । सेवा प्रदायक कम्पनिले भोलिबाटै तार हटाउने काम शुरु गर्नु हुन्छ ।”

पहिरो चरणमा रत्नपार्कदेखि हाडाँडासम्म अव्यवस्थितरुपमा टागिएका तारहरु हटाइने र क्रमश अस्पताल चौक आसपासका क्षेत्रमा जथाभावी टागिएका तार हटाइने प्रमुख भट्टराईले बताउनुभयो ।

नगरपालिकाले सम्बन्धित सेवा प्रदायक कम्पनिलाई गत असोज ३० गते अनावश्यक तारहरु हटाउन पत्र लेखी पठाएको थियो । नगरपालिकाको निर्देशन पछि नेपाल टेलिकमको कार्यालयले आजबाट दिक्तेलस्थित भानुचौकबाट त्रीबेणिचौकसम्म अनावश्यक तथा प्रयोगमा नआएका तारहरु हटाउने काम शुरु गरिसकेको छ भने अन्य सेवा प्रदायाकले भने मंगलबारबाट काम शुरु गर्ने बताइएको छ ।

सेवाप्रदायकले तत्काल जथाभावी झुण्याइएका तारहरु नटाए नगरपालिकाले हटाउँछ र सो बाट लागेको खर्चसमेत संम्बन्धित पक्षबाट नगरपालिकाले अशुलउपर गर्छ ।प्रमुख भट्टराईले भन्नुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख भट्टराई, उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजन आचार्य, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्का, नगरप्रवक्ता एवम् वडा-५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे, वडा-१ दिक्तेलका वडाध्यक्ष नवराज राई,नेपाल विद्युत प्रधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख, नेपाल दुरसञ्चार प्राधिकरण (नेपाल टेलिकम) शाखा खोटाङका निमित्त कार्यालय प्रमुख हीरालाल यादव, टेकमाइण्ड नेटवर्क र सुबिसु इन्टरनेटका प्रतिनिधिले रत्नपार्कदेखि हाटडाँडासम्म संयुक्त अनुगमन गरेका थिए ।

यो पनि पढ्नुहोस ।दिक्तेल नगरले दिएको समयावधिमा अनावश्यक तार नहटाउने कार्यालयको तार काटिने

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार ००:००  ८ : ४६ बजे