१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल : मृगौला रोग सम्बन्धी नि:शुल्क दुई दिने शिविर सञ्चालन



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मृगौला रोग  सम्बन्धी नि:शुल्क दुई दिने शिविर सञ्चालन गर्ने भएको छ । अन्तराष्ट्रीय  मृगौला दिवसको अवसरमा नगरपालिकाले निःशुल्क मृगौला रोग सम्बन्धि दुई दिने चेकजाँच शिविर सञ्चाालन गर्ने भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटी शाखा खोटाङको सहआयोजनामा  आगामी फागुन २४ र २५ गते शिविर सञ्चालन हुने भएको नगरपालिकाले जनाएको छ  ।

दिक्तेल्स्थित सरस्वती मावि दिक्तेलको प्राङ्गणमा फागुन २४ गते बिहान ८ बजेबाट सञ्चालन गरिने शिविरमा मृगौला प्रत्यारोपण केन्द्र बनस्थली काठमाडौंका संस्थापक नेपालका वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेको नेतृत्वमा आएको टोलीले मृगौला रोग सम्वन्धी चेकजाँच गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

पछिल्लो समय जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै मृगौला रोगको समस्या बढ्दै गएकोले समयमा नै रोग तथा समस्याको पहिचान गर्न शिविरको आयोजना गरिने भएको हो । उहाँले भन्नुभयो, “दुई दिने शिविर पश्चात नगरपालिकाले नगरका १५ वटा वडाका प्रत्येक घर-घरमा पुगेर एक वर्षभित्र नगरका सबै नागरिकको मृगौला चेकजाँच गर्ने कार्ययोजना रहेको छ ।´´

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार ००:००  २ : ०७ बजे