२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तरुणदलका अध्यक्ष शेर्पासहित चार जना एमाले प्रवेश



खोटाङ,२५ कात्तिक।  नेपाली कांग्रेस निकट नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -१३ नुनथलाका अध्यक्ष तेन्जिङ शेर्पा  एमाले प्रवेश गरेका छन् । शुक्रबार दिक्तेल -१४ बुइपामा आयोजित (एमाले) को वृहत्  चुनावी आमसभा नेकपा (माओवादी) केन्द्र निकट वाइसीएल नुनथलका वडा संयोजक तथा नगर कमिटी सदस्य खेमबहादुर तामाङ नेकपा एमाले प्रवेश गरेका हुन् ।

यस्तै, एमाले प्रवेश गर्नेमा सन्देश तामाङ र राम तामाङ समेत नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हुन ।नवप्रवेशिलाइ फुलमाला सहित नेकपा (एमाले) संसदीय दलका निवर्तमान प्रमुख सचेतक एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराईले  स्वागत गर्नुभएको थियो ।

काङ्ग्रेस र माओवादी सिद्धान्त र विचार हिन भएको आरोप लाउदै एमालेनै देशको नेतृत्व गर्ने पार्टी भन्दै आफुहरु एमाले प्रवेश गरेको नव प्रवेसीको भनाई छ ।

नवप्रवेशिलाई योग्यता र क्षमताको अधारमा जिम्मेवारी दिइने एमाले खोटाङका उपाध्यक्ष देवबिक्रम राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार ००:००  ३ : ३० बजे