२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्पको क्षति सङ्ग्कलन लागि सबै जनशक्ति परिचालित छ : प्रमुख राई



खोटाङ,१५ साउन। आइतबार बिहान ८ बजेर १३ मिनेटमा गएको ६ म्याग्निच्युडको भुकम्पको क्षति संकलनका लागि गाउँपालिकाको सबै शक्ति परिचालित गरिएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो।

साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर गएको भुकम्पबाट मानवीय क्षति नभए पनि, भौतिक क्षति भएको भन्ने खबर आईरहेको राईको बताए।

भुकम्पको क्षति संकलनका लागि सबै वडा समितिलाई परिचालित गरिएको र कार्यपालिकाका सम्पूर्ण अंगहरुलाई नागरिकको सहयोगका लागि परिचालित गरिएको छ। राईले भने।

प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडांईका अनुसार भुकम्पका कारण हालसम्म ठुलो क्षति नभएको। तर, भुकम्पको केन्द्रविन्दु मानिएको साकेला गाउँपालिका–५ मार्तिमविर्तामा २ वटा घर, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा १ घर र महादेवस्थानमा १ घर चर्किएको छ । कुनै घर चर्केको र कुनै घरको टायल खसेको छ सेडांईले भने।
मानवीय, पशुचौपाय क्षति भएको छैन। समायोजन खबरबाट ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार ००:००  १ : ३६ बजे