२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवा कांग्रेसको होइन, गठबन्धनका सभापति भए :डा कोइराला



काठमाडौँ,१८ असार ।नेपाली कांग्रेसमा डा. शेखर कोइराला नेतृत्वको समूहले सभापति शेरबहादुर देउवा पाँच दलीय गठबन्धनको सभापतिका रुपमा प्रस्तुत भएको निष्कर्ष निकालेको छ।

दुई दिनदेखि अनुपम फुडल्यान्डमा बसेको यो समूहको बैठकले सभापति देउवा कांग्रेसको भन्दा गठबन्धनको सभापति भएको निष्कर्ष निकालेको हो।

बैठकपछि बोल्दै शेखर समूहका नेता गोविन्द पोखरेलले महाधिवेशनको ६ महिना बितिसक्दा पनि देउवाले पुरानै शैलीमा एकलौटी पार्टी चलाउन खोजेको निष्कर्ष निकालिएको बताए।

‘सभापतिजी नेपाली कांग्रेसको भन्दा गठबन्धनको सभापति भए भन्ने हाम्रो निष्कर्ष होु, पोखरेलले भने, ‘चौधौँ महाधिवेशनमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधि हाम्रो पक्षमा उभिएका थिए। तर देउवाले उनीहरुको पनि सभापति हो भन्ने देखाउन सकेनन्।’

प्रकाशित मिति : १८ असार २०७९, शनिबार ००:००  ५ : १९ बजे