२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेका उम्मेद्वारमाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण



सिन्धुपाल्चोक, २५ बैशाख । राति सुतिरहेका अवस्थामा काग्रेंसका कार्यकर्ताले एमालेका उम्मेद्वारमाथि आक्रमण गरेको छ । शनिवार बेलुकी १० बजे वलेफी गाँउपालिका-७ का एमालेको खुला सदस्यको उम्मेदवार लेखबहादुर तामाङमा माथि आक्रमण भएको एमाले वलेफी गाँउपालिका कमिटीले जानकारी दिएको छ ।

आक्रमणबाट तामाङको आँखा र अनुहारमा गहिरो चोट लागेको छ । सो घटनामा नेपाली कांग्रेस बलेफि गाँउपालिका -७ का सभापति निरबहादुर तामाङ र सोहि स्थान बस्ने सेरबहादुर तामाङ सहभागी भएको समेत एमालेका नेता तथा सोही वडाका अध्यक्षका उम्मेद्वार कार्केल लामाले बताएका छन ।

घाईते तामाङको खाडिचौरस्थित सदावहार अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार ००:००  ९ : २६ बजे