२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिन्दू परिषद् नेपालको राष्ट्रिय सम्मेलन आज वीरगञ्जमा



वीरगञ्ज, ९ पौष । आजबाट वीरगञ्जमा हुने हिन्दू परिषद् नेपालको राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको सबै तयारी पूरा भएको छ । देशका ७२ जिल्लाका ४०० बढी प्रतिनिधि सहभागी रहने सम्मेलन शनिबारसम्म चल्ने छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा हिन्दू धर्मबारे थप पैरवी तथा प्रशिक्षण साथै हिन्दू धर्म संस्कृतिमाथि योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिने कार्यक्रम रहेको परिषद्का अध्यक्ष सन्तोष पटेलले जानकारी दिनुभयो ।

दुईदिने कार्यक्रममा भारत एवं नेपालका विभिन्न धर्मगुरु, पुजारी, हिन्दूवादी अगुवा डा चिन्तामणि योगी, डा सुरेन्द्र भण्डारी, धर्मपाल गुरु, डा दीपक शाक्य, प्रा वासु कणर्, अरबिन्द श्रेष्ठलगायतकाले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।

यो समाचार न्यूज २४ नेपाल डटटिभीमा प्रकासित छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार ००:००  ४ : २१ बजे