खोटाङ । श्रष्टा नेत्र खतिवडाको मुक्तक संग्रह ‘ढुंगो फुलेपछि’ लोकार्पण गरिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्म भइ हाल ग्रामथान गाउँपालिका–२ झोराहाट, मोरङ निवासी खतिवडाले लेखेको मुक्तक संग्रह लोकार्पण गरिएको हो । कात्तिक २५ गते बिष्णुमाया पुस्तकालय, पोखरिया, विराटनगरमा आयोजित कार्यक्रममा प्राज्ञ विवस पोखरेलले मुक्तक संग्रह ‘ढुंगो फुलेपछि’ लोकार्पण गरेका हुन् ।…