१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरुवा

साकेलामा लेखापाल नहुँदा कारोबार प्रभावित



खोटाङ, १४ बैसाख । खोटाङको साकेला गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोबार प्रभावित भएको छ । कार्यरत सह–लेखापाल उत्तम आचार्यको अकस्मात गत पुस २३ गते अन्यत्र सरुवा भएपछि गाउँपालिकाको आर्थिक कारोबार प्रभावित भएको हो ।

लेखापालको अभावमा गाउँपालिकाको भुक्तानी प्रक्रिया, बजेट निकासा, राजस्व संकलन तथा विभिन्न योजनासम्बन्धी आर्थिक कामकाज ठप्प हुँदा सेवाग्राहीहरू प्रत्यक्ष मारमा परेका हुन् । कतिपय विकास निर्माणका योजनाहरू सम्पन्न भइसक्दा पनि भुक्तानी नपाउँदा काम रोकिने तथा नयाँ योजना अघि बढाउन कठिन हुने अवस्था सिर्जना भएको गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङले बताए । खोटाङका दश स्थानीय तहमध्ये नौं वटा स्थानीय तहले तेश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरिसके पनि साकेलामा भने सह–लेखापाल आचार्य नहुँदा भुक्तानी गर्न सकेको छैन ।

कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङमा दरबन्दी भएका सह–लेखापाल आचार्यलाई अर्को व्यवस्था नभएसम्मका लागि २०८१ पुष १८ गते गाउँपालिकाको आर्थिक प्रशासन सञ्चालन गर्नेगरी जिम्मेवारी दिइएको थियो तर, सह–लेखापाल आचार्यको जिल्ला अदालत झापामा सरुवा गरिएको थियो । नेपाल सरकारबाट गत चैत ३० देखि वैशाख ७ गतेसम्म शुन्य बाँकी फायल सप्ताह सञ्चालन गरेको भएपनि साकेला गाउँपालिकामा भने महिनौंदेखि लेखा प्रमुख अभाबमा सयौं फायल प्रमुख प्रशासकीय अधिकृतको टेबलमा थन्किएका छन् । नेपाल सरकारले साकेला गाउँपालिकामा अर्जुन राईलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाए पनि आर्थिक प्रशासन हेर्ने कर्मचारी नहुँदा भुक्तानीसँग सम्बन्धित कुनै पनि कारोबार हुन नसकेको श्रोतले बताएको छ ।

सह–लेखापाल आचार्यका अनुसार महालेखा नियन्त्रकको कार्यालयले एक पटक ‘सोधपुछ’ नै नगरी इच्छा विरीपत सरुवा गरेको हो । सरुवा संशोधनका लागि महालेखामा पुस २२ गते निबेदन दिए पनि सुनुवाई नभएको आचार्यको गुनासो छ । कोष तथा लेखा नियन्त्रक कार्यालयहरुको परिमार्जित संगठन संरचनामा सह–लेखापालको दरबन्दी कटौती हुँदा महालेखा नियन्त्रक कार्यालयबाट चैत १६ गते विभिन्न जिल्लाका ३९ जना सह–लेखापालहरुको फाजिल व्यवस्थापन गरिएको थियो तर आचार्यको भने गत गत मंसिर २२ गतेको निर्णयबाट झापा सरुवा गरिएको हो ।

दरबन्दी कटौती भई फाजिलमा रहेका अन्य जिल्लाका सबै कर्मचारीहरुको सोही जिल्लाका दरबन्दी रिक्त कार्यालय तथा अनुकुल जिल्लामा सरुवा भए पनि खोटाङकै अन्य कार्यालयहरुमा दरबन्दी खाली हुँदाहुँदै आचार्यलाई अपायक पर्ने ठाउँमा सुरुवा गरिएको हो । सह–लेखापाल आचार्यले झापा अदालतमा दुई दिन हाजिर भएपछि काजमै भए पनि आफूलाई खोटाङ पठाउँनका लागि चैत १२ गते दोश्रोपल्ट निवेदन दिएका थिए तर महालेखाले तत्काल सरुवा र काज खटाउँन नसकिने जवाफ दिएको थियो । महालेखाका कर्मचारी प्रशासन शाखाका उपसचिव विष्णु ज्ञवालीले नबुझी सरुवा गरिएकाले एक÷दुई महिनाभित्र सह–लेखापाल आचार्यको अनुकूलमा सरुवा गरिने बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार ००:००  ४ : २६ बजे