२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौदण्डीगढीमा पक्की पुल उद्घाटन



बेल्टार। उदयपुरको चौदण्डीगढी नगरपालिका – ७ लामीचौरीदेखि कुमाङ जोड्ने नवनिर्मित पक्की पुलको उद्घाटन आज भएको छ । नगर प्रमुख कालुमान लामाले पुल उद्घाटन गर्नुभयो । पुल बनेपछि स्थानीय बासिन्दाहरूको वर्षौंदेखिको सपना साकार भएको छ । आवत जावत गर्न सजिलो भएको छ ।

पुलले लामीचौरी र कुमाङबीचको दूरी घटाएको छ । दैनिक आवतजावतलाई सहज, सुरक्षित र छिटो बनाउँदै शिक्षा, स्वास्थ्य, व्यापार तथा सामाजिक गतिविधिहरूमा सहजता ल्याएको छ । वर्षायाममा हुने आवागमनको कठिनाइ अब सहजतामा रूपान्तरण भएकोमा स्थानीय खसी छन् । स्थानीय विकास, समृद्धि र पूर्वाधार विस्तारतर्फको यो कामले जनताको जीवनस्तर उकास्ने महत्वपूर्ण आधार निर्माण भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार ००:००  ५ : ४८ बजे