२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिम्चुङबुङ गाउँपालिका अध्यक्ष राईले दिए राजीनामा



विराटनगर । तत्कालिन माओवादी केन्द्रबाट उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा २ कार्यकाल अध्यक्ष जितेका मेजर राईले प्रतिनिधिसभा उम्मेदवार बन्न पदबाट राजिनामा दिएका छन् ।

उदयपुर क्षेत्र नं. २ मा आकांक्षी राईले नेकपाबाट टिकट नपाएपछि स्वतन्त्र लड्ने घोषणा गर्दै राजीनामा दिएका हुन् ।

नेकपाले सुरेश कुमार राई (हिमाल)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सुरेशलाई उम्मेदवारको रुपमा पार्टीले अगाडि सारेपछि अध्यक्ष राईले गाउँपालिका उपाध्यक्षलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् ।

राईले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । दुईपटक अध्यक्षमा निर्वाचित भएर इमानदारीपूर्वक काम गरेपनि पार्टीले मूल्यांकन नगरेको उनको गुनासो छ ।

देश र जनताको अझ धेरै सेवा गर्ने उद्देश्यले उदयपुर २ बाट उम्मेदवार बन्ने घोषणा गरेको राईले बताए । दिनरात खटेर पालिकाको विकास गरेको दाबीसहित उनले जनतालाई मनमा राखेर भाग्य भविष्य बदल्ने अठोट लिँदै प्रतिनिधिसभामा उठ्ने बताएका छन् ।

अध्यक्ष राई लामो समय वैदेशिक रोजगारीमा गएर फर्किएका युवा हुन् । विदेशबाट फर्किनसाथ उनलाई पार्टीले गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको थियो ।

प्रकाशित मिति : ६ माघ २०८२, सोमबार ००:००  १० : १३ बजे