काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको विवाद छिटो टुंग्याउन निर्वाचन आयोगमाथि समयको चर्को दबाब परेको छ । नेपाली कांग्रेसको दुवै समूहका नेताहरू एकपछि अर्को गर्दै निर्वाचन आयोगमा पुगेर दबाब बढाइरहेका छन् । ज्ञापनपत्र बुझाउनेदेखि ध्यानाकर्षण गराउने क्रममा उनीहरूले श्रृङखलाबद्ध रूपमा आयोगका पदाधिकारीहरू भेटिरहेका हुन् ।
चौतर्फी दबाबका कारण निर्वाचनका नियमित काम गर्न कठिनाई भएको निष्कर्ष सहित आयोगले सक्दो छिटो आफ्नो निर्णय सुनाउने भनेको छ । भृकुटीमण्डपमा विशेष महाधिवेशन हुनासाथ गगन–विश्व समूहले निर्वाचन आयोगमा आफूहरूको विशेष महाधिवेशन भइरहेको भनेर जानकारी गराएको थियो ।

