खोटाङ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बबि चाम्लिङसहित २८ जना नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्। सोमबार काठमान्डौंस्थित राष्ट्रियसभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रममा चाम्लिङसहित जिल्ला तहका २८ जना नेता तथा कार्यकर्ता पार्टी परीत्याग गरी एमालेमा समाहित भएका हुन् ।
एमालेमा प्रवेश गरेका राई यसअघि एमाले जिल्ला कमिटी खोटाङका पूर्व अध्यक्ष र जिल्ला समन्वय समिति खोटाङका निवर्तमान प्रमुख हुन्। उनले पार्टी प्रवेशपछि भने, “एकीकृत समाजवादीमा वैचारिक दिशाहीनता र संगठनात्मक दुर्बलताले कार्यकर्तामा निराशा छाएको थियो। एमालेको सुदृढ नेतृत्व, स्पष्ट नीति र राष्ट्रिय जिम्मेवारीप्रतिको प्रतिबद्धताले म पुन:आफ्नै मुलघरमा फर्किएको हुँ।”

एसका केन्द्रीय सदस्य अम्बिका राई, एकीकृत समाजवादी पार्टी खोटाङका सचिवाल सदस्यहरु तेजप्रसाद अधिकारी,अनुप राई,गोबिन्द्र बास्तोला, पकुप्रसाद राई, जिल्ला सदस्यहरु भिम प्रसाद लुईटेल, दुयाराम राईलगायत २८ जना एमालेमा समाहित भएका हुन् । एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराईका अनुसार एकीकृत समाजवादी पार्टी खोटाङका धेरै नेता तथा कार्यकर्ताहरु एमालेमा फर्किने तयारीमा रहनु भएको छ । चाँडै पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेर उहाँहरुलाई पार्टीमा स्वागत गर्ने तयारी रहेको बताउनुभएको छ ।
एसका अध्यक्ष माधव नेपालले माओवादी केन्द्रसहित दलहरूसँग एकता गर्ने निर्णय गरेपछि रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेताहरू मूल घर एमालेमा फर्किएका हुन्। नेता चाम्लिङ एमालेमा पुन:फर्किएपछी सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिइनेको ओइरो लागेको छ ।

