६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जयराम–हलेसी सडकखण्ड

मध्यपहाडी लोकमार्गको जयराम–हलेसी सडकखण्ड ११ घण्टापछि खुलाइयो



खोटाङ। अविरल वर्षाका कारण पहिरो झरेर अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गअन्तरगत जयराम–हलेसी सडकखण्ड ११ घण्टापछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज (सोमबार) बिहान करिब आठ बजे पहिरो झर्दा अवरुद्ध बनेको सडक बेलुका सात बजेबाट पुनः सञ्चालनमा ल्याइएको हो ।

अवरुद्ध सडक खुलेपछि दिनभर रोकिएर बीच सडकमै बसेका यातायातका साधन तथा यात्रुहरु आ–आफ्नो गन्तव्यतर्फ लागेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभएको छ । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै अलपत्र परेका थिए ।

करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर, सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा सञ्चालनमा ल्याइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “अवरुद्ध सडक खुलाउन सबै संयन्त्र प्रयोग ग¥यौँ । करिब ११ घण्टाको प्रयासपछि यातायात सञ्चालन हुने बनाइएको छ”, उहाँले भन्नुभयो, “जयराम–हलेसी सडकखण्डमा अब निर्वादरुपमा यातायात सञ्चालन हुन्छ । अवरुद्ध सडक सडक खुलाउन सहयोग गर्ने सुरक्षाकर्मी तथा स्थानीयवासीलाई नगरपालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।”

च्यास्मिटारस्थित प्रहरी चौकी नजिकैको सडकभन्दा करिब १०० मिटरमाथिबाट ठूलो ढुङ्गा तथा बोटबिरुवासहितको पहिरो झर्दा मध्यपहाडी लोकमार्गअन्तरगत जयराम–हलेसी सडकखण्ड दिनभर पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौँ तथा तराई जाने÷आउने सयौँ यातायातका साधन तथा हजारौँ यात्रुहरु बीच सडकमै अलपत्र परेका थिए ।

निक्कै व्यस्त रहने जयराम–हलेसी सडक पहिरोका कारण अवरुद्ध हुँदा त्रिधार्मिकस्थल हलेसीमा लागेको बोलबम मेला भर्न आउने सर्वसाधारण तथा भक्तजनलाई सबैभन्दा बढी समस्या भएको स्थानीयले बताएका छन् । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा महिना दिनसम्म लाग्ने बोलबम मेला भर्न नेपालका सबै जिल्ला तथा भारत, चिन, भुटान लगायतका नागरिकसमेत आउने गरेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, मंगलबार ००:००  ८ : २० बजे