६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला



खोटाङ । खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि आइतबार खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका सबै बालबालिकाले सरकारले निःशुल्क प्रदान गर्दै आएको १४ प्रकारको खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईंले जानकारी दिनुभएको छ । “जिल्लामा १५ महिनामूनिका दुई हजार ५५७ जना र १६ महिनादेखि ५९ महिनासम्मका सात हजार ५८२ जना बालबालिका रहेका छन् । उनीहरुले खोप तालिकाअनुसार सबै बालबालिकाले लगाए÷नलगाएको पहिचान गरिन्छ”, उहाँले भन्नुभयो, “छुटेका बालबालिकालाई सबै प्रकारका खोपको मात्रा लगाएर पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरिन्छ । अभियानका क्रममा जिल्लाका विभिन्न स्थानीय तहका पाँच जना बालबालिकामा खोपको मात्रा छुटेको पाएपछि उनीहरु सबैलाई पूरा खोप लगाएर पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको हो ।”

दश स्थानीय तह रहेको जिल्लामा वडा हुँदै सबै पालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा भएपछि जिल्लालाई घोषणा गरिएको जिल्ला खोप समन्वय समिति खोटाङका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ । घोषणासभामा जिल्लाका सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने खोपको मात्रा पूरा गर्ने÷गराउने, खोप कार्यक्रममा कसैलाई पनि नछुटाउने तथा छुट्न नदिने र नेपाल सरकारको खोप सम्बन्धी कार्यक्रमलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धतामा हस्ताक्षरसमेत गरिएको छ ।

अस्पताल परिसरमा आयोजना गरिएको घोषणासभामा जिल्लाका दशवटै स्थानीय तह र दश जना महिला स्वयम्सेविकालाई सम्मान गरिएको छ । कोशी प्रदेश सरकारका स्वास्थ्य एवम् भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यतामा आइतबार आयोजित घोषणासभा एवम् ५० शय्याको सेवा शुभारम्भ कार्यक्रममा स्वास्थ्य सचिव डा. राधिका थपलिया, पूर्व सांसद कुलप्रसाद फुयाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङलाई २०७४ पश्चात हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा जिल्ला गरिँदै आइएको छ । नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार ००:००  २ : ४६ बजे