६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढी गाउँपालिकाले ल्यायो आ.व. २०८२÷०८३ को बजेट ५० करोड सात लाख ५९ हजार



खोटाङ । केपिलासगढी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु ५० करोड सात लाख ५९ हजार ३७३ बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहलमा सोमबार आयोजित १७ औँ गाउँसभा गाउँपालिका उपप्रमुख गुरुराज राईले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिका प्रमुख समिर राईको अध्यक्षमा भएको गाउँसभाले आर्थिक विद्येक, विनियोजन विद्येक, आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बजेट तथा विभिन्न विद्येकहरु सर्वसम्मत् रुपमा पारित गरेको छ । गाउँसभामा आर्थिक वर्ष २०८२÷०८३ को लागि वित्तीय समानीकरणतर्फ रु आठ करोड एक लाख, राजश्व बाँडफाँडतर्फ रु आठ करोड ५४ लाख नौँ हजार ३७३, सशर्त अनुदानतर्फ रु २१ करोड २७ लाख, समपुरक अनुदानतर्फ रु तीन करोड ४६ लाख बजेट प्रस्तुत गरिएको छ ।

गाउँपालिका उपप्रमुख राईले विशेष अनुदानतर्फ रु तीन करोड १९ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान अन्तरगत वित्तीय समानीकरणतर्फ रु ६८ लाख ६४ हजार, राजश्व बाँडफाँडतर्फ रु ५९ लाख पाँच हजार, सशर्त अनुदानतर्फ रु एक करोड ४७ लाख ८१ हजार बजेट प्रस्तुत गर्नुभएको छ । समपुरक अनुदानतर्फ रु एक करोड ६० लाख, अन्तरिक राजश्वतर्फ रु ३५ लाख र गत वर्षको मौज्दात रु ९० लाख रकमलाई समेटेर वार्षिक बजेट बनाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँसभामा गाउँपालिका प्रमुख राईले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने यो गाउँपालिकाले भौतिक पूर्वाधार विकास तथा कृषि उत्पादनलाई प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम ल्याएको हो ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार ००:००  ८ : २० बजे