२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आवधिक योजना तथा मध्यकालिन खर्च

आवधिक योजना तथा मध्यकालिन खर्च संरचना निर्माणको तयारी



खोटाङ । केपिलासगढी गाउँपालिकाको आवधिक योजना तथा मध्यकालिन खर्च संरचना निर्माणको तयारी गरिएको छ । जी फाउण्डेसन नेपालको आर्थिक सहयोगमा सिटिजन डेभलप्मेन्ट सोलुसन भक्तपुरले चार महिनाभित्र सम्पन्न गर्नेगरी गाउँपालिकाको आवधिक योजना तथा मध्यकालिन खर्च संरचना निर्माणको जिम्मा लिएको छ ।

आइतबार गाउँपालिकाकै आयोजनामा आवधिक योजना तथा मध्यकालिन खर्च संरचना सम्वन्धी पालिका स्तरिय अभिमुखिकरण तथा तयारी गोष्ठी गरिएको छ । स्थानीय सरकारलाई नीति निर्माणमा सहयोग गर्ने उद्धेश्यले आवधिक योजना तथा मध्यकालिन खर्च संरचना निर्माणको काम सुरु गरिएको हो ।

सिटिजन डेभलप्मेन्ट सोलुसनले चार महिनाभित्र आवधिक योजना तथा मध्यकालिन खर्च संरचना निर्माण गरेर पालिकालाई हस्तान्तरण गर्ने कार्ययोजना रहेको गाउँपालिका अध्यक्ष समिर राईले जानकारी दिए ।खोटाङकै ऐसेलुखर्क गाउँपालिका र सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको पनि आवधिक योजना तथा मध्यकालिन खर्च संरचना निर्माण गर्ने योजना रहेको जी फाउण्डेसनका फिल्ड समन्वय अधिकृत जिवनाथ तिम्सिनाले बताए ।
यसका लागि सम्वन्धित स्थानीय तहमा पालिका स्तरिय अभिमुखिकरण तथा तयारी गोष्ठी गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार ००:००  १ : २३ बजे