२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी: पोखरीमा डुवेर ६२ वर्षीय राईको निधन



खोटाङ । पोखरीमा डुवेर एक जनाको मृत्यु भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले चिचिङ्गाका ६२ वर्षीय केशरमान राईको मंगलवार पोखरीमा डुवेर मृत्यु भएको हो ।

स्थानीय पञ्चकाली पशुपालन कृषक समुहले बनाएको पोखरीमा राईलाई डुविरहेको अवस्थामा भेटिएकोे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले बताउनुभयो ।

स्थानीयवासीले पानीमा डुबेका राईलाई तत्काल उद्दार गरेपनि राईको मृत्यु भएको जनाइएको छ । मृतक राईको सव परिक्षण गर्नका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार ००:००  १२ : ३४ बजे