२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बञ्चरेडाँडामा फोहोर बोकेर गएका गाडीलाई स्थानीयले रोके, जनप्रतिनिधि नै आन्दोलनमा



काठमान्डौं । धादिङको धुनिबेँसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमानामा पर्ने बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा स्थानीयले फोहोर लिएर गएका गाडी रोकेका छन् । फोहोर व्यवस्थापन राम्रो नहुँदा प्रभावित भएको भन्दै ककनी गाउँपालिका र धुनिबेँशी १ का स्थानीय आन्दोलित भएका हुन् ।

‘स्थानीयले फोहोरको गाडी रोक्नुभएको छ । सडकमा उत्रिएर विरोध गर्दै हुनुहुन्छ’, ककनी ३ का वडाध्यक्ष घननाथ बजगाईँले भने । उनले पनि स्थानीयको आन्दोलनमा समर्थन जनाएका छन् ।

फोहोर बोकेर गएका गाडी बाटोमै रोकिएका छन् । एक महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बन्धित निकायसँग छलफल गरी समस्या समाधान गर्न निर्देशन दिए पनि चासो नदिएको उनको गुनासो छ ।

फोहोर र मान्छे सँगै बस्न नसकेपछि आन्दाेलनमा उत्रिएको स्थानीय सुमित्रा ढकाल बताउँछिन् । ‘फोहोरले रोग फैलिएको छ । बसेर खाना खान नसकिने अवस्था भएको छ,’ ढकालले भनिन् ।

साभार– सिला पत्र

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार ००:००  ११ : ३० बजे