२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढी : रावाखोलामा मोटरेबल पुल निर्माण हुने



खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा पर्ने रावाखोलामा मोटरेबल पुल निर्माण हुने भएको छ। गाउँपालिकाको- ४ बाक्सिला र- ६ दिप्सुङको सिमाना रावाखोलामा पक्की पुल निर्माण हुने गाउँपालिकाले जनाएको छ ।

केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र स्थानीय पूर्वाधार बिकास आयोजना सुनसरी इटहरीका आयोजना प्रमुख ईन्जिनियर विष्णु भण्डारीबिच आइतबार सहमति भएपछि पुल बन्ने पक्का भएको हो।

आयोजना प्रमुख भण्डारीसँग त्यस ठाउँ र त्यहाँको अतिआवश्यक पुल रहेको जानकारी गराउँदै बजेट माग गरियो। चाँडै ठेक्काको प्रक्रिया बढाउने सहमति भएको छ। अध्यक्ष राईले भन्नुभयो ।

बाक्सिला र दिप्सुङ जोड्ने रावाखोलामा पुल नहुंदा आवतजावतमा सबैभन्दा बढी समस्या हुने गरेको छ। मोटरेबल पुल नहुंदा स्थानीयहरु घण्टौ लगाएर बैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन्।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार ००:००  ८ : २९ बजे