२५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिसीसि ढलानमा जनगुनासो : छड्के अनुगमनमा नगरप्रमुख भट्टराई



खोटाङ,२४ असार । पिसीसि ढलानको कार्य स्टीमेट अनुसार नभएको व्यापक जनगुनासो आएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई अनुगमनमा पुग्नुभएको छ।

मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित
वडा कार्यालय सडकको पिसिसि ढलानमा स्टीमेट अनुसार काम नभएको गुनासो आएपछि नगरप्रमुख भट्टराई बिहिबार बिहान छड्के अनुगमनमा पुग्नुभएको हो।

असार मसान्तलाई लक्ष्यित गर्दै हिलो र माटोमाथि धमाधम ढलान भइरहेको जनगुनासोका आधारमा छड्ने अनुगमनमा निस्कनु परेको प्रमुख भट्टराईले बताउनुभयो । कोहि कसैलाई जानकारी नै नदिई निर्माणस्थल पुग्नुभएका नगरप्रमुख भट्टराईले वडाध्यक्ष लिलाकुमार चौहान, निर्माण उपभोक्ता समिति र स्थानीयसँग भेटघाट गरेर ढलानको विषयमा सत्यतथ्य जानकारी लिनुभएको थियो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार ००:००  ६ : ५३ बजे