६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हजुरआमा हत्या प्रकरण : फरार अभियुक्त नाति पक्राउ



खोटाङ,९ असार ।  हजुरआमाको हत्या  अभियोगमा नाति पक्राउ परेका छन्। जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दैआएकी ७७ वर्षीया तुलसा खड्कालाई गत स्थानीय तह निर्वाचनकाे बेला भोट हाल्न गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको अभियोगमा नाति हरि खड्का पक्राउ परेका हुन्।

घटनापछि सम्पर्कविहीन बनेका खड्कालाई प्रहरीले भारतको सिलीगुढीबाट मंगलबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय खोटाङले खड्का पक्राउ परेको पुष्टि गरे पनि थप अनुसन्धानपछि यथार्थ सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार ००:००  ९ : ११ बजे