६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किराँत राई खेलकुद संघ : तेश्रो राष्ट्रिय सम्मेलन आगामी असार २१ र २२ दिक्तेलमा



खोटाङ, ७ असार । किराँत राई खेलकुद संघ केन्द्रीय समितिले तेश्रो राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेको छ । संघले खोटाङको संयोजन र व्यवस्थापनमा आगामी असार २१ र २२ गते दिक्तेलमा तेश्रो राष्ट्रिय सम्मेलन गर्ने भएको हो ।

किराँत राई खेलकुद संघ जिल्ला कार्य समितिले सोमबार पत्रकार सम्मेलन गर्दै संघको केन्द्रीय समितिको राष्ट्रिय सम्मेलन ऐतिहासिक किराँत थाँतथलो (हेत्छाकुप्पा/रैछाकुले)भूमी खोटाङमा आयोजना गर्ने निणर्य गरेको हो । नेपालमा सम्पन्न १३ औं सागमा पदक जित्ने २९ किराँती खेलाडीलाई राष्ट्रिय सम्मेलनको अवसरमा नगदसहित सम्मान गर्ने तयारी गरिएको किराँत राई खेलकुद संघका केन्द्रीय सदस्य सञ्जयकुमार राईले उक्त पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

किराँत राई खेलकुद संघ जिल्ला कार्य समिति अध्यक्ष सुमन राईको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा किराँत राई पत्रकार संघका केन्द्रीय अध्यक्ष भीम राई, नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पा, नेपाल पत्रकार महासंघका अध्यक्ष दीलिप खत्रीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार ००:००  १२ : ३९ बजे