२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आधा किलो सुनसहित एक जना पक्राउ



काठमाडौं । अन्डरवेयर (कट्टु)मा लुकाएर ल्याएको आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ परेका छन्। कतार एयरवेजको उडान नम्बर क्यूआर–६५२ बाट बिहीबार बिहान काठमाडौं उत्रिएका धनुषा घर भएका एक व्यक्ति कट्टुमा लुकाएर ल्याएको सुनसहित पक्राउ परेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु चेकजाँच क्षेत्रमा शंकास्पद अवस्थामा देखिएपछि प्रहरीले उनको शरीर तथा उनले बोकेको ब्यागेज खोलेर चेकजाँच गरेको थियो।

शरीर चेकजाँचका क्रममा कट्टुमा फल्स पकेट बनाइ ४६६.५ ग्राम बराबरको विष्कुट आकारको सुन ४ थान र ५० ग्राम बराबरको सिक्री १ जान गरी ५१६.५ ग्राम सुन फेला परेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको भन्सार कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार ००:००  १२ : ४४ बजे