२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालय जाँदै गरेकी बालिकालाई करणी प्रयास गर्ने फरार अभियुक्त प्रहरीको फन्दामा



खोटाङ,१७ जेष्ठ । विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कारको प्रयास गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालय जाँदै गरेकी ८ वर्षकी बालिकालाई बलात्कारको प्रयास गर्ने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई ११ जेठ बिहान ९.३० बजे बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएपछि फरार भएका प्रधानलाई आइतबार बिहान ४.३० बजे लुकिछिपी हिँडिरहेको बेला खोटाङबजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।

प्रधानमाथि एक्लै भएको मौका पारेर नावालिकालाई समाएर बोकेर घारीमा लगेर संवेदनशिल अंग समाउँदै भुईमा लडाएर पेन्ट खोलेर जवरजस्ती करणी गर्न खोजेको अभियोग छ ।

करणी प्रयासका क्रममा नावालिका भाग्न सफल भएको प्रहरीले जनाएको छ । नावालिकामाथि बलात्कार प्रयास गर्ने अभियुक्त बिरुद्ध पिडित पक्षले कानुनी कारबाहीको माग गर्दै १३ जेठमा वालयौन दुरुपयोग कसुरमा किटानी जाहेरी दिएका थिए ।

पक्राउ परेका प्रधान विरुद्ध जिल्ला अदालतबाट वाल यौन दुरुपयोग कसुरमा सोमबार ५ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखेर अनुुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

वारदात पश्चात फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार ००:००  ६ : १७ बजे