२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैत-७ गते प्रधानमन्त्री देउवा खोटाङ आउने



खोटाङ,५ चैत । नेपाली कांग्रेसका सभापती एवम प्रधानमन्त्री शेरबहादुर देउवा खोटाङ आउनुहुने भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सिमा क्षेत्रमा रहेको निर्माणाधीन मोटरेवल पक्की पुलको उद्घाटन गर्न देउवा हेलिकप्टरमार्फत चैत -७ गते खोटाङ आउनु हुने भएको नेपाली कांग्रेस प्रदेश- १ का महामन्त्री एवम् दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले जानकारी दिनुभयो।

प्रधानमन्त्री देउवा हेलिकप्टरबाट आउने कार्यक्रम तय भएको छ। सो दिन मध्यान्न १३:३० बजे पुल उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

सुर्य एण्ड सन्स प्रालिले २०७८ साल जेठ १७ गते प्रिस्ट्रेस बिम पुल निर्माणको काम सम्पन्न गर्नेगरी २०७६ साल जेठ १७ गते सम्झौता गरेको थियो । स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको पुल दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख राईले वि.सं. २०७६ साल असार ११ गते शिलान्यास गर्नु भएको थियो।

मोटरेवल पक्की पुल जिल्लाको दक्षिणी क्षेत्र जोड्ने पुल हो। साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङ लगायत दक्षिणी क्षेत्रका तीन गाउँपालिकाका नागरिकलाई साविकको सदरमुकाम दिक्तेल आउ–जाउ गर्ने सवैभन्दा छोटो बाटो सन्चालन हुने बताइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार ००:००  २ : २८ बजे