२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस कारण भारतमाथि खनियो नेकपा एमाले



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपाल र भारतबीच भएको सहमतिविपरित भारतीय पक्षबाट नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तिव्रता दिएको भन्दै आफ्नो ध्यानाकार्षण गराएको छ । पार्टीका परराष्ट्र विभागका प्रमुख डा- राजन भट्टराईले एक विज्ञप्ती जारी गर्दै यस्तो उल्लेख गरेका छन् ।

विज्ञप्तीमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच र्पुयाउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच र्पुयाउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङुग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ ।

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार ००:००  ९ : ०४ बजे