५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्ती मावि छोरम्बुको ४६ औं वार्षिक उत्सव सम्पन्न



खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुमा सञ्चालित शान्ती माविको ४६ औं वार्षिक उत्सव सम्पन्न भएको छ । विद्यालयको ४६ औं वार्षिक उत्सव, अभिभावक दिवसको अवसरमा शैक्षिक, सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापहरू प्रस्तुतगरी विद्यालयले ४६ औं वार्षिक उत्सव मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर तामाङको अध्यक्षतामा भएको वार्षिक उत्सवको अवसरमा अतिथिहरूले विद्यालयको शैक्षिक प्रगति, अनुशासन र विद्यार्थीहरुको प्रतिभाको प्रशंसा गर्दै गुणस्तरीय शिक्षाको महत्वमा जोड दिनुभयो। उहाँहरूले विद्यालयको समग्र विकासका लागि शिक्षक, अभिभावक र समुदायबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो।

वार्षिक उत्सवका अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको प्रध्यानाध्यापक जर्ण चाम्लिङले बताउनुभयो । वि.सं.२०३६ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखी कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा १५० जना विद्यार्थी रहेको प्रध्यानाध्यापक चाम्लिङले जानकारीदिनुभयो ।

कार्यक्रममा स्पर्दाहरुको युवा आकर्षक मोटिभेसनल स्पीकर ज्ञानेन्द्र राई, लोक आधुनिक गायक पष्टमान राई (गण्डकी) र कोशिस सिङ्गिङ स्टार फाइनललिष्ट प्रदिप राईको बेजोड प्रस्तुति रहेको थियो । साथै, विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत, लगायतका सांस्कृतिक कार्यक्रमले उपस्थित दर्शकहरूको मन जित्न सफल भएक छन् । कार्यक्रममा अभिभावक, शिक्षक, पूर्व विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रध्यानाध्यापक चाम्लिङले बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले विशेष भुमिका खेल्नुपर्ने बताउनुभयो । शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने हुँदा स्थानीय सरकारको पनि उत्तिकै चासो राख्नसमेत प्रअ चाम्लिङले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २२ माघ २०८२, बुधबार ००:००  ९ : ४१ बजे