खोटाङ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि उदयपुरको दुई वटा निर्वाचन क्षेत्रबाट ३१ जनाको मनोनयन दर्ता भएको छ । उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ मा १८ र क्षेत्र नम्बर–२ मा १३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले उदयपुरले जनाएको छ ।
उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसबाट विदुर बस्नेत, नेकपा एमालेबाट दुर्गा थापा, नेपाली कम्युनिष्ट पार्टीबाट बलदेव चौधरीको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट अमृतबहादुर खत्री, उज्यालो नेपाल पार्टीबाट अर्जुन तामाङ, नेपाली जनता दलबाट कुशेश्वर चौधरी, जनता समाजवादी पार्टीबाट गणेशकुमार राई, नेपाल जनमुक्ति पार्टीबाट गोकर्ण राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पारसमणि फुयल, नागरिक सर्वोच्च पार्टी नेपालबाट प्रशान्तकुमार राई, मंगोल नेशनल अर्गनाईजेशनबाट बद्रिबिक्रम राई, आम जनता पार्टीबाट मनोजकुमार पौडेल, राष्ट्रिय जनमोर्चाबाट लिलबहादुर राई, नेपाल मजदुर किसान पार्टीबाट विष्णुबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुभाषचन्द्र खड्का, श्रम संस्कृति पार्टीबाट राजेशकुमार राई, संयुक्त नागरिक पार्टीबाट सुरेस राई र स्वतन्त्र बाट देवराज रोकाको उम्मेदवारी परेको हो ।
क्षेत्र नम्बर–२ मा पनि दलहरुले उत्साहजनक मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट अम्बरबहादुर रायामाझी, राष्ट्रिय परिवर्तन पार्टीबाट अरुण राई, जनता समाजवादी पार्टीबाट केशवबहादुर मगर, नेपाल कम्युनिष्ट पार्टी (माओेवादी) बाट दुर्गाबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहदाुर बुढाथोकी, आम जनता पार्टीबाट बमबहादुर मगर, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट भास्कर राई, नेपाली कांग्रेसबाट रामकुमार राई, श्रम संस्कृति पार्टीबाट बलराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुबहादुर खड्का, नेपाली कम्युनिष्ट पार्टीबाट सुरेश कुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुर्यबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार मेजरकुमार राईसहित १३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उदयपुरमा जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचनमा कुल २ लाख ३८ हजार ९ सय २६ मतदाता रहेका छन् । उदयपुरमा ८ पालिकाका ७५ वडामा फागुन २१ मा हुने निर्वाचनमा १०३ मतदान स्थल र २७५ मतदान केन्द्र स्थापना हुने निर्वाचन कार्यालयले जनाएको छ ।

