५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्र प्रहरी बल नम्बर ७ गुल्म हलेसीद्वारा ज्येष्ठ नागरिकहरूलाई न्यानो टोपी वितरण



खोटाङ । शसस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसीले  दिक्तेलस्थित ज्येष्ठ नागरिक जिल्ला संघमा जिल्लाका ज्येष्ठ नागरिकहरूलाई न्यानो टोपी वितरण गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालकाे २५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा जाडो मौसममा वृद्ध–वृद्धाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आयोजित उक्त कार्यक्रममा ३५ जना वृद्ध–वृद्धालाई गुल्मका गुल्मती प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपाने र सहायक गुल्मपति  प्रहरी निरीक्षक समराज खड्काले संयुक्तरुपमा न्यानो टोपी वितरण गर्नुभएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरीका प्रतिनिधिहरूले वृद्ध–वृद्धासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको दैनिकी, स्वास्थ्य अवस्था तथा आवश्यकताबारे जानकारी लिएका थिए। उनीहरूले समाजका ज्येष्ठ नागरिकहरू राज्यका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै, उनीहरूको सम्मान र संरक्षण सबैको साझा दायित्व भएको बताएका छन्। वृद्ध–वृद्धाहरूले शसस्त्र प्रहरीको यस पहलप्रति धन्यवाद व्यक्त गर्दै, यस्तो सहयोगले आफूहरूलाई आत्मीयता र सुरक्षाको अनुभूति गराएको बताएका छन्।

सशस्त्र प्रहरी दिवसको अवसरमा गरिएको यस किसिमको मानवीय तथा सेवामूलक कार्यले प्रहरी र समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास गरिएको छ। सामाजिक सेवासँगै शान्ति, सुरक्षा र विकासमा सशस्त्र प्रहरीको योगदान महत्वपूर्ण रहँदै आएको छ।

प्रकाशित मिति : ४ माघ २०८२, शनिबार ००:००  ९ : ५७ बजे