६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेस

कांग्रेसको आधिकारिकता विवाद छिटो टुंग्याउन निर्वाचन आयोगमाथि दबाब



काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको विवाद छिटो टुंग्याउन निर्वाचन आयोगमाथि समयको चर्को दबाब परेको छ । नेपाली कांग्रेसको दुवै समूहका नेताहरू एकपछि अर्को गर्दै निर्वाचन आयोगमा पुगेर दबाब बढाइरहेका छन् । ज्ञापनपत्र बुझाउनेदेखि ध्यानाकर्षण गराउने क्रममा उनीहरूले श्रृङखलाबद्ध रूपमा आयोगका पदाधिकारीहरू भेटिरहेका हुन् ।

चौतर्फी दबाबका कारण निर्वाचनका नियमित काम गर्न कठिनाई भएको निष्कर्ष सहित आयोगले सक्दो छिटो आफ्नो निर्णय सुनाउने भनेको छ । भृकुटीमण्डपमा विशेष महाधिवेशन हुनासाथ गगन–विश्व समूहले निर्वाचन आयोगमा आफूहरूको विशेष महाधिवेशन भइरहेको भनेर जानकारी गराएको थियो ।

 

 

प्रकाशित मिति : ३ माघ २०८२, शुक्रबार ००:००  ३ : ३८ बजे