५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिक्ता, साकेला गाउँपालिका

साकेला गाउँपालिकामा नागरिकता सिफारिस अनलाइन प्रणालीमार्फत सुरु



खोटाङ । साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाईन प्रणाली मार्फत गर्न सुरु गरेको छ । परम्परागत रुपमा म्यानुअल प्रणालीमा गर्दै आएको नेपाली नागरिकता सिफारिस प्रक्रिया अनलाइन प्रणालीमार्फत सुरु गरेको हो ।

गृह मन्त्रालय अन्तर्गतको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली मार्फत यो सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । अबदेखि सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर निवेदन दिएपछि, वडा कार्यालयले सो विवरण अनलाइन प्रणालीमा प्रविष्ट गरेर सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गर्नेछ । यसरी प्रमाणित भएको कागजात अनलाईनमा प्रविष्ट हुनेछ, जसका आधारमा जिल्ला प्रशासन कार्यालय मार्फत नागरिकता प्रमाणपत्र प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराइनेछ।

साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईका अनुसार यस प्रणालीले नागरिकता सिफारिस र वितरण प्रक्रियामा पारदर्शिता,  एकरूपता र समय बचत हुने बताउनुभयो । यो प्रणाली लागू भएपछि गाउँपालिकाको प्रशासनिक कामकाजमा डिजिटलिकरणको थप अध्याय सुरु भएको र गाउँपालिकालाई डिजिटलाईज गाउँपालिका बनाउने कार्यमा एक इट्टा थपिएको अध्यक्ष राईले बताउनुभयो । यसअघि जन्म, मृत्यु, बसाईसराई, बिवाहदर्ता, सम्बन्धविच्छेद जस्ता पञ्जीकरणको सम्पूर्ण काम अनलाईन प्रणाली मार्फतनै जारि हुँदै आएको थियो ।

स्थानीय सेवाग्राहीहरूले यस कदमलाई स्वागत गर्दै यसले सेवाग्राहीलाई छिटो, पारदर्शी र झन्झटमुक्त सेवा प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बुधबार ००:००  ४ : १५ बजे