खोटाङ। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, जिल्ला समिति खोटाङले स्वास्थ्य सेवा क्षेत्रमा देखिएका समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यलयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत मन्त्रालयलाई बुझाइएको ज्ञापनपत्रमा स्वास्थ्यकर्मीको स्थायी दरबन्दी व्यवस्था, सेवा–सुविधा सुनिश्चितता, कार्यस्थलमा बढ्दो जोखिम तथा दुव्र्यवहारबाट सुरक्षा र स्वास्थ्य संस्थाहरूमा औषधि तथा जनशक्तिको अभाव तुरुन्त समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
लामो समयदेखि स्वास्थ्यकर्मीले दिँदै आएको सेवा प्रभावकारी बनाउन कर्मचारी संरचना सुधार, करार तथा अनुदानमा रहेका स्वास्थ्यकर्मीलाई समान अधिकार, सामाजिक सुरक्षा कोषमा समावेशीकरण तथा स्वास्थ्य संस्थाहरूलाई आवश्यक साधन–स्रोत सुनिश्चित गर्नुपर्ने माग गरिएको समितिका अध्यक्ष रामप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।
आफूरुको माग पूरा नभए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने महासंघले चेतावनीसमेत दिएको छ ।

