६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा प्रभावकारी बन्दै कृषि आधुनिकीकरण परियोजना



खोटाङ । खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बन्दै गएको छ। दश स्थानीय तह रहेको जिल्लामा परियोजनाले पाँच पालिकाका विभिन्न वडाका किसानहरुलाई अनुदान दिँदै कार्यक्रमहरु सञ्चालन गरिरहेको हो ।

परियोजनाले कृषकहरुका लागि अनुदानका कार्यक्रम गरेसँगै तरकारी तथा बाख्रा जोन सक्रिय रुपमा सञ्चालनमा रहेको छन् भने मकै जोन अनुसरणमा रहेको छ । तरकारी जोन तर्फ जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग कार्यक्रम, ब्यवसायिक तरकारी खेतीका लागि स्थायी तथा अस्थायी प्लाष्टिक घर निर्माणमा अनुदान र ब्यवसायिक च्याउ खेतीका लागि कृषकलाई अनुदान सहयोग कार्यक्रम सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन खोटाङका सूचना अधिकारी ध्रुवकुमार कार्कीले जानकारीदिनुभयो ।

परियोजनाले चालु आर्थिक वर्षमा बाख्रा जोनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. –५ लफ्याङ, वडा नं.–७ चिउरीडाँडा, वडा नंं.–९ निर्मलीडाँडा, हलेसी तुवाचुङ नगरपालिका वडा नं.–१ बाहुनीडाँडा, वडा नं.–२ डिकुवा, वडा नं. –४ वडहरे, वडा नं.–११ राजापानी, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको वडा नं. –१ याम्खा वडा नं.–२ डाँडागाउँ, वडा नं.– ४ बतासे, खोटेहाङ गाउँपालिकाको वडा नंं. –७ खोटाङबजार र वडा नं. ९ लिच्किराम्चेमा बाख्रा जोन अन्तरगत नमुना खोर निर्माण बाख्रापालन उपयोगी यान्त्रिकरण तथा सिंचाई संरचना निर्माण लगायत पशु नश्ल सुधार एवम् बाह्य परिजिवी नियन्त्रणका लागि डिपिङ्ग टैङ्क निर्माणमा ५० प्रतिशत अनुदान सहयोग कार्यक्रम सञ्चालन गरेको सूचना अधिकारी कार्कीको भनाई छ ।

तरकारी खेतिका लागि परियोजनाले ५० प्रतिशत अनुदान सहयोगमा साकेला गाउँपालिका वडा नं.–१ बाँझेच्यानडाँडा, वडा नं.– २ रतन्छा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल, सोल्मा, बाम्राङ, खाल्ले, नेर्पा, जालपा, बुइपा र हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार र महादेवस्थानका किसानले परियोजनामार्फत आवेदन (निवेदन) दिइ छनौट भएका किसानलाई २० वटा स्थाई, ५० वटा अस्थाई प्लाष्टिक घर र च्याउ खेतिका लागि १० वटा प्लाष्टिक घर निर्माणमा अनुदान सहयोग गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङले बताएको छ । उदयपुर र खोटाङ समेटिने गरी परियोजनाले चक्लावन्दीमा आधारित खेती मार्फत उत्पादन बृद्धिका लागि सहयोग कार्यक्रम, चैते धान प्रबद्र्धन कार्यक्रम तथा सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यक्रम (पूँजीगत) पनि अनुदान सहयोगमा सञ्चालनमा रहेको छ ।

बाख्रा जोन तर्फ सिंचाई संरचना अन्तरगत २० वटा प्लाष्टिक पोखरी ४ वटा पाईप सिंचाई, ३० वटा आधुनिक बाख्रा खोरलगायत बाख्रापालन उपयोगी यन्त्र÷उपकरणहरु, पशुनश्ल सुधार अन्तर्गत उन्नत जातका बोका तथा पाठी र बाह्य परिजिवी नियन्त्रणका लागि डिपिङ्ग टैङ्क निर्माणमा अनुदान सहयोग उपलब्ध गराएको छ । परियोजनाले जिल्लास्तरमा करिब ३५० हेक्टरमा सञ्चालित चैते धान प्रबद्र्धन कार्यक्रमका लागि सिंचाई संरचना निर्माण, यान्त्रीकरण तथा वीउरत्रिपाल खरिदमा अनुदान सहयोग उपलब्ध गराएको कार्यालय प्रमुख दिपेन्द्र मनोहर चौधरीले बताउनुभयो ।प्रमुख चौधरीका अनुसार ब्यवसायिक कृषकहरुको उत्पादन प्रक्रियासँग सम्बन्धित पक्षहरुमा सुधारमार्फत उत्पादन लागत न्यूनीकरण तथा बजारमा कृषकहरुको पहुँच बृद्धि मार्फत प्रति एकाइ मुनाफा बृद्धि गर्ने कार्यालयको उद्देश्य रहेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङले कृषकलाई कृषि कर्ममा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको कृषकहरुले बताएका छन् । कृषक र परियोजनाको लागत साझेदारीमा कृषकले तरकारी खेती सुधारीएको बाखा्राको खोर निर्माण, प्लाष्टिक टनेल स्थापना लगायतका काम गरेका हुन् । स्थानीय किसानको जीवनस्तर उकास्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ठुलो सहयोग पु¥याएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभयो ।

अन्तर निकाय संयुक्त अनुगमनमा प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरे, प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट, जिल्ला समन्वय अधिकारी ज्ञानराज लम्साल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई प्रमुख दीपेन्द्र मनोहर चौधरी, कृषि ज्ञान केन्द्रका प्रमुख हरी नारायण राई, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र खोटाङका प्रमुख चन्द्रकिशोर यादव लगायतले हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित बाख्रा जोन र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ वुइपा र सोही नगरपालिकाको–२ सोल्मास्थित तरकारी जोनको अनुगमन गर्नुभएको थियो ।

वैदेशिक रोगजारीबाट फर्किएका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका युवराज कार्कीले स्वदेशमै आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् । उनले चम्पावति कृषि तथा पशुपालन फर्म स्थापना गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदानबाट नमुना बाख्रा खोर स्थापना गरी जमुना पारी र वोयर जातका ६० भन्दा बढी पाठा–पाठी पालेका छन् । उनले त्यही बाखा्राका पाठा–पाठी बेचेर वार्षिक ७ लाख बढी आम्दानी गरेको सुनाउँछन् । उनको दैनिकी काम बाखा्रको स्याहार सुसार गर्ने हो ।

कार्कीले आफ्नो घर खर्च पनि कटार पनि ५ लाख वैङ्कमा जम्मा गर्ने गरेको सुनाउँछन् । उनी भन्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मलाई मात्र नभइ अरु किसानलाईसमेत थप व्यवसायीक बन्नका लागि प्रोत्साहनबापत अनुदान नदिएको भए म व्यावसायीक हुन्नथेहोला । कार्कीले भने । यो मेरो लागि आयआर्जनमा टेवा पु¥याउने माध्यम परियोजना हो । परियोजनामार्फत व्यावसायीकरुपमा कृषि गरी लाभाम्वित हुने कृषकहरुको सङ्ख्या भने उल्लेख्य रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार ००:००  ४ : १२ बजे