६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङ नगरपालिकाको बजेट ८० करोड १८ लाख ८१ हजार



खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि  ८० करोड १८ लाख ८१ हजार ७१९ बजेट ल्याएको छ । होलेसुङ रिसोर्ट दुर्छिममा भएको सोमबार सम्पन्न १७ औँ नगरसभामा उपप्रमुख रमेशकुमार राउतले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकामा सङ्घीय सरकार राजश्व बाँडफाँडबाट ११ करोड २९ लाख १८ हजार ७१९, प्रदेश सरकार राजश्व बाँडफाँडबाट  एक करोड छ लाख ९२ हजार, सङ्घीय सरकार वित्तीय समानीकरणबाट ११ करोड १६ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट  ९९ लाख ९२ हजार बजेट प्राप्त भएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट  एक करोड ४५ लाख र घरजग्गा रजिष्ट्रेशनबाट  दश लाख बजेट आउने अनुमान गरिएको उपप्रमुख राउतले सभामा जानकारी दिनुभएको छ ।

सङ्घीय सरकार सशर्त अनुदानबाट ३४ करोड ७६ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट  ६९ लाख, सङ्घीय सरकार समपूरक अनुदानबाट  ७५ लाख, प्रदेश सरकार समपूरक अनुदानबाट  एक करोड ४० लाख, प्रदेश सरकार सशर्त अनुदानबाट  एक करोड ५१ लाख ७९ हजार र सामाजिक सुरक्षा तथा संरक्षणबाट  १५ करोड बजेट प्राप्त हुने जनाइएको छ । नगरसभाले आगामी आर्थिक वर्षका लागि चालूतर्फ  ४६ करोड १५ लाख २९ हजार, पूजीगततर्फ  १९ करोड  तीन लाख ५२ हजार ७१९ र सामाजिक सुरक्षातर्फ १५ करोड बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले भौतिक पूर्वाधार बाहेक पानी, पर्यटन र पूर्वाधारमा मात्रै छ करोड ४७ लाख ९४ हजार ११९ बजेट विनियोजन गरिएको नगर प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । नगरसभामा नगरप्रमुख विमला राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार ००:००  ८ : १८ बजे