६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बराहपोखरी र खोटेहाङ ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ घोषणा



खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका र खोटेहाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ। चालू आर्थिक वर्ष २०८१÷०८२ मा जन्मेदेखि १५ महिनामूनिका १७४ जना बालबालिकाले हालसम्मको र १६ महिनादेखि ५९ महिनासम्मका ४५३ जना बालबालिकालाई सरकारले उपलब्ध गराउने १३ वटा नियमति खोप लगाईएको सुनिश्चित भएपछि जेठ २७ गते बराहपोखरीलाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो।

पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणासँगै जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका अध्यक्ष सालिकराम बन्जारालाई हस्तान्तरण गरेका छन्। यस्तै, जेठ २६ गते खोटेहाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ। जन्मेदेखि १५ महिनासम्मका २१२ जना बालबालिकाले हालसम्मको र १६ महिनादेखि ५९ महिनासम्मका ७०५ जना बालबालिकालाई सरकारले उपलब्ध गराउने १३ वटा नियमति खोप लगाईएको सुनिश्चित भएपछि खोटेहाङलाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको होे।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार ००:००  ४ : १८ बजे