खोटाङ, १९ चैत । खोटाङमा किराँत चाम्लिङ भाषा साकेला सिली अध्यायन÷अध्यापन तालिमको शुभारम्भ भएको छ । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक व्यवस्थापनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ वुइपा छिप्तिस्थित सुनाखरी महिला समुहले सात दिने चाम्लिङ भाषा र साकेला सिली तालिमको शुभारम्भ गरेको हो ।
किराँत चाम्लिङ राईहरुको भाषा, धर्म, संस्कृति र परम्परालाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको तालिमको कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पीके’ ले पानसमा दिप प्रज्जवलन र व्यानर पढेर तालिमको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकासमन्त्री राईले भाषा संस्कार र संस्कृतिलाई जगेर्णा गर्न कोशी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ। किराँत चाम्लिङ राईहरुको भाषालाई वृहत् बनाउन खोटाङमात्र नभइ सबै जिल्लामा बजेट बिनियोजन गरेको बताउनुभएको हो । मन्त्री राईले आँफू शिक्षामा साक्षर भएपनी आफ्नो मातृ भाषामा अशाक्षर रहेको र आँफुलाई कमजोर महशुस गरेको बताउनुभएको छ । आँफूले नजानेपनी नयाँ पुस्ताले मातृ भाषा बोल्न पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य विणादेवी राईले आफ्नो भाषा संस्कृति र संस्कारलाई जगेर्णा गर्नु पर्ने बताउनुभएको छ ।सात दिन सम्म सञ्चालन हुने तालिममा चाम्लिङ भाषाका प्रशिक्षक एवम् चाम्लिङ मातृभाषाकी पत्रकार बुङातुङ राईले पशिक्षार्थीलाई प्रशिक्षण दिने सुनाखरी महिला समुहकी अध्यक्ष सविता राईले जानकारी दिनुभयो । यस्तै साकेला शिलिको अमन किराँती र प्रकृती राईले प्रशिक्षण दिने बताइएको छ ।
यस्तै, चाम्लिङ भाषिहरुको जनसंख्या उल्लेख्य मात्रामा रहेको भएपनी मातृ भाषा बोल्ने बक्ताहरु भने अत्यन्तै कम रहेको मात्री भाषा प्रशिक्षक बुङातुङ राईले उक्त कुरा उल्लेख गर्दै आफ्नो मातृ भाषा सिकेर अगाडि बढाउनसमेत आग्रह गर्नुभएको छ । उद्घाटनको पहिलो चरणमा साकेला सिली, नृत्य लगायतका कार्यक्रम भएको थियो ।
महिला समुहकी अध्यक्ष राईको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकासमन्त्री राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विषेश अथितिको रुपमा नेकपा एमालेकी कोशी प्रदेश कमिटि सचिवालय सदस्य एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी निर्वतमान नगरउपप्रमुख राई, वुइपाका वडाअध्यक्ष दिनेश राई, गैसस महासंघ खोटाङका अध्यक्ष युवराज रिजाल, समाजसेवी राजनशेर राई र सुमन राईले मन्तव्य राख्नुभएको थियो ।