५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजावादी प्रदर्शनकारीले जलाए व्यावसायिक भवन



काठमाडौँ । नेतृत्वविहीन अराजक भीडका कारण राजावादी समूहको प्रदर्शन र आमसभा असफल भएको छ । सुरुमै निषेधित क्षेत्र तोड्न र व्यक्तिका घर तथा व्यावसायिक भवनमा तोडफोड गरेका कारण प्रहरीले पनि बल प्रयोग गरेको जनाएको छ ।

झडप र तनावको स्थिति सृजना भएपछि राजावादी प्रदर्शनकारी तितरबितर भएका छन् । कमाण्डको जिम्मा पाएका दुर्गा प्रसाईले नेतृत्व सम्हाल्न कोसिस गरे पनि असफल भएका कारण सभाबाट सबै नेताहरु बाहिरिएका छन् । अहिले सभाका लागि बनाइएको
मञ्च खाली भएको छ ।

तर आक्रोशित प्रदर्शनकारीहरूले नजिकमा रहेका व्यावसायिक भवन तोडफोड गर्नुका साथै आगजनी गरेका छन् । भवनमा आगजनीपछि आगो आगो निभाउन पुगेको दमकलमा पनि प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । आगो नियन्त्रणमा आउन सकेको छैन भने प्रहरीले माइकिङ गर्दै सबैलाई घर फर्कन आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार ००:००  ४ : ०० बजे