२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त



काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबलको टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् । उनलाई एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

आइतबार एन्फाका महासचिव किरण राईको उपस्थितिमा रोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

एन्फाले रोसको नेतृत्वमा नेपाली फुटबलले गति लिने विश्वास लिएको जनाएको छ ।

४७ वर्षीय रोससँग यूईएफए प्रो लाइसेन्स छ । यसअघि, उनले दक्षिण कोरियाको राष्ट्रिय महिला टिममा सहायक प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । उनी त्यस जिम्मेवारी सन् २०२० जनवरी १ देखि सन् २०२३ अगस्ट ५ सम्म रहे ।

त्यसपछि उनी सन् २०२३ अगस्ट ६ देखि सन् २०२४ अगस्ट ५ सम्म साउदी अरेबियाको क्लब अल–कादिसियाहको यू–१९ पुरुष टोलीको मुख्य प्रशिक्षक बने ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार ००:००  ४ : २३ बजे