६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी फागुन १३ देखि १८ गते सम्म बिराटनगरमा प्रदेशस्तरीय खेल महोत्सव हुने



बिराटनगर । कोशी प्रदेश सरकार अन्तरगत प्रदेश खेलकुद विकास बोर्डले प्रदेशस्तरीय खेल महोत्सव २०८१ आयोजना गर्ने निर्णय गरेको छ । शुक्रबार विराटनगरस्थित बोर्ड कार्यालयमा बसेको बोर्डको २६ औं बैठकले आगामी फागुन १३ देखि १८ गतेसम्म बिराटनगरमा खेल महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री एवम् बोर्डका अध्यक्ष पाँचकर्ण राई (पीके) को अध्यक्षतामा बसेको बैठकले महोत्सवमा बोर्डले वार्षिक रुपमा आयोजना गर्ने विभिन्न प्रदेश स्तरीय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले जानकारी दिनुभयो । खेल महोत्सव आयोजना गर्न बोर्ड बैठकले सामाजिक विकास मन्त्री राईको नेतृत्वमा ६१ सदस्यीय मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरेको सदस्य सचिव बस्नेतले बताउनुभयो।

सदस्य सचिव बस्नेतका अनुसार खेल महोत्सव अन्तर्गत बोर्डले प्रदेशस्तरीय महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कब्बड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतान लगायतको खेलकुद प्रतियोगिता आयोजना गर्नेछ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार ००:००  ६ : ०४ बजे