२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री राईद्वारा वराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन उद्धाटन



खोटाङ, ११ माघ। कोशी प्रदेश सरकारका भौतिक पुर्वाधार एवम् स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ । शुक्रबार मन्त्री राईले  गाउँपालिकाको केन्द्र बाघखोर भन्ज्याङमा सुविधा सम्पन्न चार तले आरसीसी भवनको  रिवन काटेर उद्घाटन गर्नुभएको हो ।

गाउँपालिकाको ५५ प्रतिशत र संघीय सरकारको ४५ प्रतिशत लगानीमा कूल ६ करोड १० लाख ४५ हजार ६९४ रुपैयाँ २६ पैसामा कौशिल बस्नेत निर्माण सेवा प्रालि काठमाण्डौले नियम अनुसार म्याद थप गरेर गत मंसिर ३० गते भवन निर्माण सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारीले जानकारी दिनुभयो ।

संघीय सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत बजेट लगानी गर्ने भनिए पनि गाउँपालिकाले १५ प्रतिशत बढी लगानी गरेर भवन बनाएको हो। ४२६ दशमलव २ वर्ग मिटरमा बनेको चारतले भवनको भुईतला र पहिलो तलामा ६÷६ कोठा, दोश्रो तलामा ७ कोठा र तेश्रो(टप)तलामा सभाहलसहित तीन कोठा रहेको गाउँपालिकाका इन्जिनियर हिमाल कार्कीले बताउनुभयो। कार्कीका अनुसार सबै तलामा महिला पुरुषको छुट्टा-छुट्टै शौचालय छन्।

आर्थिक वर्ष २०७७÷०७८ मा टेण्डर आव्हान भई २०७८ कात्तिक ७ गते गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भई काम सुरु भै गत मंसिर ३० गते भवन निर्माणको काम सम्पन्न भएको थियो ।

वराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जारा अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख बिमला राई, जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष अरुणादेबी राई, हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेशकुमार राउत, जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्का र खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राईलगायत राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार ००:००  २ : ४८ बजे